चितवन, कार्तिक १७ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङकी ६१ वर्षीया एक महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १६ गते अस्पताल भर्ना भएका भरतपुरका वृद्धको सोमबार बिहान १ः२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएकी धादिङको नीलकण्ठ नगरपालिका-३ की ६१ वर्षीया महिलाको आजै बिहान २ः५५ बजे मृत्यु भएको पौडेलले बताए। ती महिला कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन्।
Facebook Comments


























