बाँके, कार्तिक १६ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ शिवखोलाबाट करिब ३ किलो अवैध लागुऔषध अफिमसहित एक जना युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा रूकुमको सानिभेरी गाउँपालिका–८ का २७ वर्षीय चन्द्रप्रकाश वली रहेका छन्।
शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनलाई पक्राउ गरेको हो।
Facebook Comments




















