सुनसरी, कार्तिक १६ । सुनसरीको रामधुनी–२ शिवनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलमा सवार स्थानीय २३ वर्षीय जीवन चौधरी छन्।
को २६ प ५६५१ नम्बरको मोटरसाइकल शनिबार राति साढे ८ बजेतिर को २ त ९८७६ नम्बरको ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।
Facebook Comments




















