मोरङ, कार्तिक १६ । मोरङको केराबारीबाट ८ लाख रूपैयाँसहित पाँच जुवाडे पक्राउ परेका छन्। केराबारीमा सञ्चालित कालिज पालिएको एक फार्ममा पुगेर तास खेल्दै गरेको अवस्थामा मोरङ प्रहरीले सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
केराबारी–६ मा सञ्चालित हरि कृषि फर्मका सञ्चालक भूपेन्द्र भट्टराईको फर्ममा तास खेल्दै गर्दा भट्टराईसहित धरान–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल र धरान–६ का ३६ वर्षीय हरि खत्री पक्राउ परेका छन्। यस्तै केराबारी–६ का ४३ वर्षीय बेधराज मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विशेष सूचनाको आधारमा प्रदेश १ प्रहरी र जिल्ला प्रहरीबाट खटिएको संयुक्त टोलीले १३ बुङ ताससहित २ थान स्कुटी, २ थान मोटरसाइकल ८ लाख ८९ हजार २५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments




















