काठमाडौं, कार्तिक १६ । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। राय बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उद्योग राज्यमन्त्री थिए।
जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
Facebook Comments




















