सिरहा, कार्तिक १६ । घरायसी विवादमा कुटपिट र घाँटी थिच्दा घाइते भएकी ८५ वर्षीया आमाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सिरहा कर्जन्हा नगरपालिका–३ खैराटोलका छोरा रामअवतार साह सोनारलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ४७ वर्षीय छोरा राम अवतारले घरायसी विवादका क्रममा कुटपिट र घाँटी थिचेर घाइते बनाइएकी ८५ वर्षीया सुदामा देवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो।
कात्तिक ११ गते घरायसी विवादका क्रममा छोरा रामअवतारले वृद्धा आमालाई कुटपिट र घाँटी थिचेर घाइते बनाएका थिए। घाइते सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएपनि सुधार नभएपछि जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको थियो। उपचारकै क्रममा सुदामाको मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments




















