काठमाडौं, कार्तिक १६ । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १६ गते आइतबार अन्तिम दिन हो। कम्पनीले कात्तिक २८ गते साधारण सभा डाकेको छ। लाभांश र साधारण सभा प्रयोजनका लागि सोमबार (कात्तिक १७ गते) बुक क्लोज हुँदैछ। बैंकको १६ औं वार्षिक साधारण सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०५ बोनस सेयर र कर सहित ३.६०५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।
मर्ज तथा एक्विजिसन सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन्। कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकाले भर्चुअल माध्यमको व्यवस्था गरिएको बैंकले जनाएको छ।
Facebook Comments




















