लमजुङ, कार्तिक ६ । बेंसीशहर नगरपालिका–८ नारायणस्थानबाट ठूलो परिणामको अवैध जडीबुटीसहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मनाङको नारफु गाउँपालिका–२ का ४५ वर्षीय लाक्पा छिरिङ लामा र ङिस्याङ गाउँपालिका–३ की २९ वर्षीया पल्मु लामा रहेका छन्।
सवारी चेकजाँचको क्रममा उनीहरुको साथबाट पुर्जीबिनाका १२ बोरा जटामसी, बुकी फुल, धुपीपात, सुनपाती र भोजपत्र बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त अवैध जडिबुटी ढुवानी गरेको ग १ ज ७४५३ नम्वरको सवारी साधन र चालकलाई पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको सबैजना र जडीबुटी डिभिजन वन कार्यालयलाई बुझाएको छ।
Facebook Comments




















