झापा, कार्तिक १६ । झापाको मेचीनगर–६ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको हो।
आलम भारतको पश्चिम बङ्गालस्थित खोरोबारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।आलमले भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।
Facebook Comments




















