बुटवल, कार्तिक १४ । रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कात्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो।
ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए। पिसिआर परीक्षणमा कोरोना भाइरस पुष्टि भएपछि उनलाई कोरोना विशेष अस्पताल पठाइएको थियो। उपचारको सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए।
उनीमा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। रुपन्देहीमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
Facebook Comments


























