उदयपुर, कार्तिक १४ । उदयपुरमा सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई युवा पक्राउ परेका छन्। उनीहरुले १२ कार्तिकमा युवतीलाई अटोमा लगेर बलात्कार गरेका थिए। पक्राउ पर्नेहरु ३२ वर्षका अल्लाह र २५ वर्षका मोहम्मद रहेका छन्।
प्रहरीका अनुसार उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो। उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
Facebook Comments




















