कार्तिक १३ । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य गरिएको छ। लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दालाई सहज भएको छ। भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन्।
लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ। त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ। सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन्। एजेन्सी
Facebook Comments


























