डोटी, कार्तिक १२ । डोटीको सायल गाउँपालिका वडा नम्बर १ मा अरिंगालको टोकाईबाट दुई दिदी बहिनीको मृत्यु भएको छ। मंगलबार घर नजिकै रहेको अरिंगालले स्थानीय भीम रोकायाकी सात वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकायालाई अरिंगालको टोकाइबाट मृत्यु भएको डोटी प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्र मल्लले जनाकारी दिए।
मल्लका अनुसार घटनामा हिजो साँझ पाँच बजेको भएपनि स्थानीयले भने प्रहरीलाई आधिकारीक जानकारी दिएका छैनन्। उनले भने, ‘घटना भएको थाहा पाए पनि आधिकारीक जानकारी प्रहरीलाई कसैले दिएको छैन।’
Facebook Comments


























