काठमाडौं, कार्तिक १२ । आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ। नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ। बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ। नेपालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भर्चुअल माध्यमबाटै टीका लगाउन आह्वान गरेको थियो।
Facebook Comments


























