कार्तिक ११ । भारत र अमेरिकाले मंगलबारबेसिक एक्सचेन्ज एन्ड कोअपरेशन (बेका) सम्झौतामा हस्ताक्षर गरेका छन्। रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान गर्ने विषयमा सम्झाता गरिएको हो।
यस सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ।
सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ। ती सूचनाहरु मिसाइल, ड्रोन लगायतका आक्रमणका लागि उपयोगी हुने खबरमा उल्लेख छ। यि दुई देशको बीचमा आज नै भएको टु प्लस टु बैठकपछि सम्झौता भएको हो। लद्धाख घटनापछि भारत र चीन बीचमा तनाव बढिरहेको समयमा भएको भएको सम्झौताले धेरै महत्व राख्ने बीबीसीले जनाएको छ।
टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो। बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री हिजो भारतको भ्रमणमा आएका थिए। एजेन्सी


























