काठमाडौं, कार्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा आइतबार गुरु खेमचन्द्र ढकालबाट टीका तथा जमरा ग्रहण गरेकी छिन्। उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन्।
राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजया दशमीको टीका र जमराका साथै आशिर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिले यसअघि इच्छुकहरुलाई टीका लगाउने गरे पनि यसपटक त्यस्तो कार्यक्रम स्थगित गरिएको छ। रासस
Facebook Comments


























