कार्तिक १० । कोरोना भाइरसको महामारी बढेपछि स्पेनमा देशव्यापी कर्फ्यू घोषणा गरिएको छ। आइतबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दोस्रो लहरको महामारीका कारण आइतबारबाट देशब्यापी कर्फ्यू लगाउनु परेको बताएका हुन्।
राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगाइएको कर्फ्यूको समयमा हिँडडुल गरेमा कारबाही गरिने सरकारी अधिकारीहरूले चेतावनी दिएका छन्। दोस्रो लहरको संक्रमण देखिएको स्पेनमा संक्रमित संख्या ११ लाख नाघेको छ। एजेन्सी
Facebook Comments


























