काठमाडौं, कार्तिक ७ । यस वर्ष प्रधानमन्त्री निवासमा दसैंको टीका नहुने भएको छ। विगतका वर्षमा नेता कार्यकर्ता, शुभेच्छुक र इच्छुक आम नागरिक प्रधानमन्त्री निवास पुगेर दसैंको टीका ग्रहण गरेर फर्किने गरेका थिए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएका हुन्। शुक्रबार देसवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो वर्ष निवासमा दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएको जानकारी दिएका हुन्।
‘यसपालिको वडा दसैं हामी जो जहाँ छौँ त्यही बसेर सबैले मनाऔँ’, प्रधानमन्त्री ओलीले भने, ‘संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखेर प्रधानमन्त्री निवासमा सार्वजनिक टीका कार्यक्रम नराख्न निर्देशन दिइसकेको छु।’
ओलीले वडादसैंको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका छन्। ओलीले संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बिरामीको स्वास्थ्यलाभको कामना गरेका छन्।


























