काठमाडौं, कार्तिक ७ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ।
यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ रहेको थियो। पछिल्लो २४ घण्टामा थप २६६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५ हजार ४८८ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ।


























