काठमाडौं, कार्तिक ५ । राहदानी विभागले विद्युतीय राजधानी (ई पासपोर्ट) छपाइको जिम्मा फ्रान्सको कम्पनी आईडिइएमआईए आइडेन्टिटी एण्ड सेक्युरिटी (एसएएस) लाई दिने निर्णय गरेको छ।
विभागले २० लाख थान ईपासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई दिने निर्णय गरेको हो। विभागले बुधबार लेटर अफ इन्टेन्ट जारी गरी एसएएसलाईलाई २ करोड ११ लाख डलरमा इ(पासपोर्ट छपाइएको जिम्मा दिइएको जानकारी दिएको हो।
राहदानी विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान ईपासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गर्न लागेको हो। गत असोज ८ गते विभागले तेस्रो पटक बोलपत्र आह्वान गरेको थियो।
Facebook Comments


























