काठमाडौं, कार्तिक ५ । २०७२ बैशाखको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त धरहरा पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ। पुनर्निमाणको काम रमन कन्स्ट्रक्सनले गरिरहेको छ। अहिलेसम्म धरहराको १६ औं तला ढलानको काम सकिइसकेको छ भने बुधबार नै १७ औं तलाको ढलान हुँदैछ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार १७ औं तला ढलान हुने जानकारी दिएका हुन्। साथै बाँकी रहेको ५ तलाको ढलान पुस महिनाभित्रै सकिने उनले जानकारी दिएका छन्।
Facebook Comments


























