चितवन, असोज ३० । जिल्ला प्रशासन कार्यालय चितवनले नवरात्रमा मठमन्दिर एवं शक्तिपीठमा दर्शन गर्न निषेध गरेको छ। प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै नवरात्रमा मठमन्दिर एवं शक्तिपीठमा नित्य पुजा बाहेक दर्शन लगायतका अन्य गतिविधी गर्न निषेध गरेको हो।
गृह मन्त्रालयले बिहीबार यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी निर्देशन दिएको थियो। गृहको निर्देशन अनुसार नै जिल्लाका पनि यस्तो निर्णय गरिएको प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए। नजिकिदै गरेको दसैंमा घटस्थापनादेखि नवमीसम्म मठमन्दिर एवं शक्तिपीठमा भक्तजनहरुको भिड हुन गइ कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै नित्य पुजा बाहेक दर्शन लगायतका अन्य गतिविधी गर्न निषेध गरिएको पौडेलले बताए।

Facebook Comments

























