काठमाडौं, असोज ३० । काठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठक बस्ने भएको छ। बैठकमा उपत्यका छिर्ने नाका कडाइ गर्ने विषयमा छलफल हुने बताइएको छ।
यसअघि सरकारले कोरोना न्यूनीकरण गर्न लकडाउन र निषेध आज्ञा गरे पनि काठमाडौ छिर्ने नाकामा कडाइ नहुँदा उपत्यकामा कोरोना संक्रमण बढेको अनुमान गरिएको छ।
यस्तै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ले उपत्यका प्रवेशको नाका सिल नगरे कोरोनाको महामारी थप भयावह हुन सक्ने चेतावनी दिएको थियो। नजिकिँदो चाडवाडसँगै बजारमा मानिसहरुको भिडभाड पनि बढ्दो।
Facebook Comments


























