काठमाडौं, असोज २८ । नेकपाकी सांसद सानु शिवा पहाडीको आज निधन भएको छ। नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद शिवाको आज बिहान निधन भएको हो। उनी मिर्गौला रोगबाट पीडित थिइन्।
केही वर्ष अघि मिर्गौला रोगको उपचार गराएकी उनको आज काठमाडौं मेडिकल कलेजमा निधन भएको हो। पहाडीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। उनले सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनको निधनमा दुःख व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले भनेका छन् , ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
Facebook Comments


























