काठमाडौं, असोज २६ । नेपाल राष्ट्र बैंकमा एकैचोटी १९ जना कर्मचारी कोरोना संक्रमित भएका छन्। बैंकको केन्द्रीय कार्यालय बालुवाटार र काठमाडौंको विभिन्न ठाउँमा रहेका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
यसअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोनाबाट मुक्त भएसँगै आज बैंकका एकजना कार्यकारी निर्देशकमा पनि संक्रमण देखिएको छ। झण्डै एक सय जनाको हाराहारीमा कर्मचारी संक्रमित भइसकेको अवस्थामा आइतबार १९ जना कर्मचारी थपिएका हुन्।
Facebook Comments


























