काठमाडौं, असोज २६ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो। आइतबार प्रतितोला ९५ हजार ६०० रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ। त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेको छ। आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments


























