असोज २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबारे फेरि भ्रामक ट्वीट गरेपछि ट्वीटरले उक्त ट्वीट हाइड छ। आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्रम्पले ट्वीट गरेपछि ट्वीटरले हाइड गरेको हो। ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ।
कोरोना भाइरसबाट संक्रमण भएका ट्रम्पको अझै नेगेटिभ रिपोर्ट नआइरहँदा ट्वीट गरेर आफूमा संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए। सो ट्वीट भ्रामक रहेको भन्दै ट्वीटरले हाइड (लुकाएको) हो। उनको उपचारमा संलग्न डाक्टरहरूले भने अब ट्रम्पबाट अरूमा संक्रमण नफैलिने बताएका छन्। एजेन्सी
Facebook Comments


























