काठमाडौं, असोज २५ । संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको बताए।
उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो। उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ। स्वास्थ्य अवस्था सामान्य रहेको छ।’ शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
Facebook Comments

























