चितवन, असोज २५ । चितवन थप एक जना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया वृद्धाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।
अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आइतबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
Facebook Comments




















