काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा आज निधन भएको छ। ‘खनुपरुदे’ उपनामले समेत चिनिने प्रसाईंको उपचारको क्रममा चावहिलको ओम अस्पतालमा निधन भएको हो।
उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही समयअघि अस्पताल भर्ना गरिएको थियो। उनीसहित परिवारका केही सदस्यमा कोरोना संक्रमण समेत देखिएको उनी निकट स्रोतले जनाएको छ।
कांग्रेसका अग्रज नेताहरु वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, किसुनजी लगायतसँग साक्षात्कार गरेका प्रसाईं सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै पार्टी केन्द्रीय कोषाध्यक्ष समेत बनेका थिए। उनको श्रीमती, तीन छोरो र दुई छोरी रहेका छन्। आज नै प्रसाईंको अन्त्येष्टी गरिने बुझिएको छ।
Facebook Comments

























