महोत्तरी, असोज २३ । महोत्तरीमा ६ लाख २५ हजार रुपैयाँ लुटपाट भएको छ। बर्दिबास नगरपालिका ८, करमटोकीस्थित सडकबाट ज.९प २५४६ नम्बरको मोटरसाइकलमा सवार दुईजना पुरुषको साथबाट नगद ६ लाख २५ हजार रुपैयाँ लुटपाट भएको हो।
औरही तर्फबाट जाँदै गरेको हाल नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा सवार चारजना अपरिचित व्यक्तिहरुले ती पुरुषको साथबाट उक्त नगद लुटी फरार भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ।
Facebook Comments




















