काठमाडौं, असोज २३ । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा फुडवेयर सामग्री अर्थात् जुताको निर्यात ६.८ प्रतिशतले बढेको छ। व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकले यस्तो देखाएको हो।
गत आवको पहिलो दुई महिनामा ९ करोड ५८ लाख ९७ हजार रुपैयाँको चुता निर्यात भएको थियो। अहिले करिब ७ प्रतिशत बढी अर्थात् रु १० करोड ४१ लाख ८६ हजार रुपैयाँको जुत्ता निर्यात भएको छ। गत आवमा भने रु। ७८ करोड ६३ लाख १७ हजार रुपैैयाँको जुत्ता निर्यात भएको थियो।
तथ्यांकअनुसार नेपालदेखि जुत्ताको निर्यात बढ्दै गएको देखिन्छ। बिशेषगरि नेपालदेखि भारत, अमेरिका, भुटान, जापान, कतार, स्वीजरल्यान्ड, अष्ट्रेलिया लगायतका मुलुकमा तयारी जुत्ताहरु निर्यात हुने गर्छन्।
Facebook Comments


























