मुम्बई, असोज २३ । अभिनेता यशले आफ्नो बहुचर्चित सिनेमा ‘केजिएफ-२’ को बिहीबार बाट सुटिङ सुरू गरेका छन्। उनले ट्विटरबाट सिनेमाको सुटिङ पुनः सुरू भएको जानकारी दिएका हुन्। सिनेमामा उनी ‘रक्की’को भूमिकामा छन्।
केजिएफ-२ जारी कोरोनाकाबिच सुटिङ सुरू गर्ने दोश्रो कन्नड सिनेमा हो। सिनेमाको हालसम्म ९० प्रतिशत सुटिङ सकिएको छ भने मुख्य एक्सन र केही दृश्यहरूको काम बाँकी छ। सिनेमामा हाल आफ्नो फोक्सोको क्यानसरको उपचार गराइ रहेका संजय दत्त ‘अधिरा’ नामक मुख्य खलनायकको भूमिकामा छन्। केजिएफु हिन्दी, कन्नडसहित भारतका विभिन्न भाषामा एकसाथ रिलिज हुनेछ। एजेन्सी
Facebook Comments


























