आज २०७७ असोज २१ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ।
तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ:
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा सफलता मिल्नेछ। व्यावसायिक सफलता। आफन्तबाट जोगिनुहोला। धार्मिक कार्यमा मन लाग्नेछ। लामो दूरीको यात्रा नगर्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जागिरमा पदोन्नतति होला। व्यापारमा फाइदा हुने देखिन्छ। प्रेम सफल हुनेछ। आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्यक झमेलामा फसिने सम्भावना छ। मानसिक तनाव बढ्ने छ। पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तबाट साथ सहयोग मिल्नेछ। मिष्ठान्न भोजन हुनेछ। अध्ययनमा बाधा आउँला। शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा हानी हुने योग छ। राजनीतिमा शुभ देखिन्छ। सामाजिक कार्यबाट लाभ मिल्नेछ। आकस्मिक धनमालको लाभ हुने योग छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चोटपटक लाग्न सक्छ। वादविवाद हुने सम्भवान छ। आलोचना गर्नेहरु प्रशस्त हुनेछन्। मनमा अशान्ति छाउनस सक्छ। यात्रा सुखद।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
निर्णय लिन द्विविधा होला। प्रेममा बाधा आउने छ। अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना। घरायासी कलह बढ्ने योग छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ। मन प्रफूल्लित रहनेछ। शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रेममा सफलता मिल्नेछ। आकस्मिक धन प्राप्तिको योग छ। मुद्दा मामिला तपाईको पक्षमा हुनेछन्। स्वास्थ्यमा समस्या देखिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा सफलता मिल्नेछ। पारिवारिक कलहको सम्भावना छ। स्वास्थयमा समस्या देखिन सक्छ। वैदेशिक यात्राको योग छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ। धन सिञ्चित हुनेछ। बोलीको प्रभाव बढ्ला। जागिरमा पदोन्नतिको हुने सम्भावना छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारिवारिक साथ सहयोग मिल्नेछ। आर्थिक लाभको सम्भावना छ। मिष्ठान्न भोजन हुनेछ। वैदेशिक यात्राको सम्भावना देखिन्छ।
























