काठमाडौं, असोज १९ । नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ। अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै एकै दिन थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ। त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन्। अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ। अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ। उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन्।
Facebook Comments


























