चितवन, असोज १९ । चितवन मेडिकल कलेजमा गरिएको कोरोना परीक्षणमा ६६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। आज विहान सार्वजनिक भएको विवरणअनुसार १ सय ८७ जनाको स्वाब परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो।
यीमध्ये ४७ जना चितवनका हुन्। त्यस्तै, कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना नवलपुरका, ३ जना मकवानपुरका रहेका छन्। त्यस्तै, बारा, पर्सा, रुपन्देही र तनहुँका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ।
Facebook Comments


























