कोलम्बो, असोज १७ । श्रीलंकामा तिब्र रुपमा फैलिएको मुसे ज्वरोबाट ७० जनाको मृत्यु भइसकेको छ। साथै ६ हजार भन्दा धेरै यसबाट ग्रसित छन्। स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइका अनुसा हालसम्म रत्नपुरा क्षेत्रमा सबैभन्दा बढी संक्रमण देखिएको छ। जहाँ एक हजार ३ सय भन्दा बढी बिरामी देखिए।
राजधानी कोलम्बो नजिकैको ठाउँ कलुतारामा २ सय भन्दा धेरै बिरामी भेटिए। यस्तै दक्षिणी शहर गलमा पनि २ सय भन्दा बढी यस ज्वरोबाट ग्रसित भएका छन्। २०१९ देखि नै सुरु भएको मुसे ज्वरोबाट अहिले पनि बिरामी हुने क्रम रोकिएको छैन। यसबाट ग्रामिण तथा कृषि पेशामा संलग्नहरुमा बढी असर देखिएको बताइएको छ। एजेन्सी
Facebook Comments


























