असोज, १७ । जापानमा बेरोजगारको सङ्ख्या अगस्टमा ३ वर्ष यताकै उच्च देखिएको छ। विश्वभर कोरोनाको असर संगै जापानको अर्थतन्त्रमा प्रतिकूल असर परेको छ साथै व्यापार व्यवसायमा पनि मन्दी छाएको छ। यसको प्रत्यक्ष प्रभाव रोजगारीमा देखिएको हो। लक डाउनसहित नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो। जापानमा अगस्टमा बेरोजगार दर ३ प्रतिशत पुगेको सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ।
आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको हो। गत जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा बढेर ३ प्रतिशत पुगेको हो। गत वर्षभन्दा यस वर्ष जापानमा ४ लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन्। यससँगै कुल बेरोजगार संख्या २६ लाख पुगेको छ।
Facebook Comments


























