काठमाडौं, असोज १७ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन्।आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकका अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो।
हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएका थिए। यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन्। टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएका छन्।
Facebook Comments


























