काठमाडौं, असोज १७ । नेपाली सिनेमा ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ। विपिन कार्की नायक रहेको चलचित्र युट्युबमा आएको हो। विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा लक्ष्मी बर्देवा, अभय बराललगायत कलाकारले अभिनय गरेका छन्।
निर्देशक दिनेश राउतले निर्माण गरेको फिल्ममा एकजना हास्य कलाकारले भोग्नुपरेको कथालाई मुख्य विषय बनाइएको छ।
Facebook Comments


























