असोज १६ । कोरोना भाइरसका कारण लकडाउन भएपछि ६ महिना अगाडि भारतका सम्पूर्ण चलचित्र भवनहरु बन्द भए। चलचित्र भवनहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरे।
केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन्। अब, भारतको केन्द्रिय सरकारले अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गरेको छ। जस अन्र्तगत अक्टुबर १५ तारिखबाट भारतमा हल खोल्नका लागि अनुमति दिइएको छ।
प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत दर्शक राखेर हल खोल्न पाउनेछन्। यसका लागि केन्द्रिय सरकारले एसओपी सार्वजनिक गर्ने बताएको छ। भारतमा दैनिक ९० हजार कोरोना संक्रमित देखिएपनि केन्द्रिय सरकारले ६ महिनापछि हल खोल्ने निर्णय गरेको हो। यसलाई भारतका प्रदर्शकहरुले स्वागत गरेका छन्। यस्तै, बलिउडका कलाकारहरुले पनि यो खबरले उत्साहित भएको उल्लेख गरेका छन्। भारतका केही राज्य सरकारले भने आजबाट नै हल खोल्ने अनुमति दिइसकेका छन्। एजेन्सी


























