रूपन्देही, असोज १६ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको बिहीबार राति ११:५० बजे मृत्यु भएको हो।
असोज ११ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेका ती पुरुष स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ मा अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
Facebook Comments


























