अर्घाखाँची, असोज १५ । अर्घाखाँचीको शितगंगा नगरपालिकाका पहिरो पीडित ७८ घर परिवार विस्थापित भएका छन्। गत बिहीबारसम्म लगातार परेको अविरल वर्षाले जमिन भासिएपछि उनी विस्थापित भएका हुन्।
शितगंगा वडा नम्बर १२ को कोठिया मैदान र वडा नं। ११ ढुङ्गेसेराका वडाका स्थानीय विस्थापित पछि खुला आकाशमुनि बस्न बाध्य छन्। पहिरोले गोठ, खेतबारी र पशु पुरिएपछि स्थानीयले लाखौं क्षति बेहोरेका छन्।
वर्षातले जमिन भासिदै गएपछि यस क्षेत्रलाई सरकारले जोखिम क्षेत्र मानेको छ। पीडितको व्यवस्थापनका लागि पहल भइरहेको शितगंगा नगरपालिका–१२, अर्घाखाँचीका वडाध्यक्ष बाबुराम गैरेले बताए।
गैरेका अनुसार पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन। पीडितलाई स्थानान्तरणका लागि स्थानीय प्रशासनले प्रक्रिया अघि बढाउने तयारी गरेको उहाँको भनाई छ।
Facebook Comments


























