काठमाडौं, असोज १५ । बिहीबार सेयर बजार २०.६९ प्रतिशतले बढेको छ। दोस्रो बजार १.३३ प्रतिशतले बढेर १५७१.१३ मा रोकिएको छ। सूचकमा उछाल आए पनि कारोबार रकम भने दुई अर्ब ८३ करोड रुपैयाँको मात्रै भएको छ। बिहीबार १९३ वटा कम्पनीको कारोबार हुँदा १२० वटाको मूल्य बढेको छ भने ४३ वटाको घटेको छ।
सप्तकोशी डेभलपमेन्टको सेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। जलविद्युत र म्युचुअल फन्डको सूचक घटेपनि बाँकी सूचकमा सुधार देखिएको हो। वाणिज्य बैंकको सूचक १८ अंकले बढ्दा नेप्से सूचक २० अंकले सुधार आएको हो।
दोस्रो बजारमा थोरै हिस्सा भएको निर्जीवन बीमा कम्पनीको सूचक ३३३ अंकले बढेको छ। त्यस्तै विकास बैंक र जीवन बीमा कम्पनीको सूचकमा पनि उल्लेख्य सुधार आएको छ।
Facebook Comments


























