काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति अघि नेताहरुको कोरोना परीक्षण गरेको छ। पार्टी कार्यालय सानेपामा कांग्रेसले केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेको हो। कोरोना परीक्षणका लागि स्वाव दिन कांग्रेसका नेताहरु बिहीबार सानेपा पुगेका थिए।
कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएको छ। त्यसअघि सवै नेताहरुको कोरोना परीक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए।
केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने उनले बताए। सिटौलाले यस पटक बैठकमा खुलेर छलफल हुने र कार्यबिधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने बताए।
केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ। त्यस्तैनेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ।


























