असोज १५ । दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ। आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए। अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ। अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका छन्।
आक्रमणकारीहरुले चौकीलाई निशाना बनाएर कार बम विष्फोट गराउँदा अर्को सवारीमा यात्रा गरिरहेका सर्वसाधारण परेका थिए। मृत्यु हुनेमा २ महिला समेत रहेका छन् । उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन्। यद्यपि, हेलमन्ड प्रान्त अन्तर्गत पर्ने सो क्षेत्र तालिवानहरुको गढ क्षेत्र मानिन्छ। एजेन्सी
Facebook Comments


























