काठमाडौं, असोज १५ । मन्त्रिपरिषदले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। आउँदो कात्तिकमा कार्यकाल सकिने भए पनि राजदूत बन्ने निश्चित भएसँगै उनले आजै बिहीबार राजीनामा दिएका थिए।
सरकारले मुख्य सचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नियुक्त गरेको छ।
Facebook Comments


























