काठमाडौं, असोज १५ । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदतमा सिफारिस गरेको छ। अर्थमन्त्रीबाट बाहिरिएलगत्तै सरकारको अर्थ सल्लाहकार बनाइएका खतिवडालाई राजदूतमा सिफारिस गरिएको हो।
खतिवडा राष्ट्रिय सभा सदस्य पनि भएका थिए। पूर्व गर्भनरसमेत रहेका खतिवडाको अव संसदीय सुनुवाइ हुने छ। उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भएका थिए।
Facebook Comments


























