काठमाडौं, असोज १४ । पछिल्लो समय लोक गीतले सांगीतिक बजारलाई डोर्याएको छ। लोक दोहोरी गीत रुचाइएको छ।
कैयन् लोकगीत करोड क्लबमा प्रवेश गरिसकेका छन्। यसैबीच केही समयअघि सार्वजनिक गरिएको दामोदर भण्डारी र तुलसी घर्ती मगरको स्वरमा रहेको गीत “छुर्पी चौँरी गाईको” बोलको लोक दोहोरी गीतले चर्चा कमाइरहेको छ। उक्त गीतको लय शब्द गायक आफैले गरेका छन्। गीतको भिडियोमा पनि उत्तिकै मेहनत गरिएको देख्न सकिन्छ।
भिडियोमा चर्चित कलाकारहरु बिमल अधिकारी,लोमस शर्मा, अञ्जली अधिकारी करिष्मा ढकाल लगायतका कलाकारलाई देख्न सकिन्छ। साथै टिकटकबाट चर्चा कमाएका रमेश खनालको पनि अभिनय रहेको छ।
Facebook Comments


























