असोज १४ । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण भएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्विटरमार्फत उनलाई कोरोना पुष्टि भएको जानकारी दिएको हो।
सचिवालयले ट्विट गरेको छ, ‘ मंगलबार गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उनमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ। उहाँकी पत्नी उषा नायडुको रिपोर्ट भने नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसनमा बस्नुभएको छ।’
यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई कोरोना नेगेटिभ देखिएकाले अस्पतलाबाट डिस्चार्ज गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी
Facebook Comments


























